यस्ता छन् मन्त्रिपरिषदका निर्णय

admin

काठमाडौं, १२ भदौ : सरकारले भन्सार विधेयक र विद्युत विधेयक संघीय संसदमा पेस गर्ने निर्णय गरेको छ।

मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको नेपाल सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताइन्।

उनका अनुसार सरकारले प्रतिनिधि सभा सदस्य राजेन्द्रकुमार केसी र माधव सापकोटालाई निजीकरण समितिको सदस्यमा मनोनीत गर्ने, नेपाल र फिलिपिन्सबीच कूटनीतिक तथा सरकारी राहदानी बहाललाई प्रवेशाज्ञा छुट दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न स्वीकृत दिने निर्णय गरेको हो।

उनले नेपाल प्रशासन सेवा सामूहीकीकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त एक (सचिव) पदमा दिनेशकुमार घिमिरेलाई बढुवा गर्ने निर्णय भएको पनि बताइन्। यस्तै, नेपाल औषधि लिमिटेडको महाप्रबन्धकमा कैलाशकुमार पनेरूलाई नियुक्त गर्ने निर्णय समेत भएको बताइन्।

प्रतिक्रिया