काठमाडौं, १८ भदौं : चौतर्फी आलोचनापछि काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले विवादित स्टाटस डिलिट गरेका छन् ।
श्रीमती चढेको गाडी रोकेर ट्राफिक प्रहरी जाँच गरेको विषयलाई लिएर आक्रोशित बनेका बालेनले शनिबार राति ‘सिहंदरबारमा आगो लगाइदिने’ चेतावनी दिँदै लेखेको स्टाटस डिलिट गरेका हुन् ।
बालेनले सामाजिक सञ्जाल फेसबुकमार्फत महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकिएमा सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिएका थिए ।
उनले लेखेका थिए ‘आजका लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’
बालेनको स्टाटसमा मिश्रित प्रतिक्रिया आएका थिए भने सञ्चारमाध्यमले पनि अनुमानका भरमा समाचारहरु पस्किएका थिए ।
कसैले श्रीमती तीजको दर खान गएका बेला गाडी रोकेका कारण बालेन आक्रोशित भएको भनेर लेखेका थिए ।