नेपालले चीन र भारतसँग सन्तुलन कायम गरेर अघि बढ्नुपर्छ : सभापति देउवा

admin

काठमाडौं, १९ भदौं : कांग्रेस सभापति शेरबहादुर देउवाले नेपालले छिमेकी देशहरुसँग सन्तुलन कायम गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ ।

मंगलवार निजामती कर्मचारी युनियनको स्थापना दिवका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले नेपालले चीन र भारतसँग सन्तुलन कायम गरेर अघि बढ्नुपर्ने बताउनुभएको हो ।

उहाँले एक देशले अर्को देशसँग साथी बनाउन सक्ने तर छिमेकी बनाउन नसक्ने भन्दै भएका दुई छिमेकी देशलाई बुझाएर नेपालले अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले नेपालसँग विद्युत किन्ने भनेको भारत मात्रै भएकाले नेपालले की विद्युत नै बेच्दिन भन्नुपर्ने नत्र भारतले भनेका कुराहरुमा सहमति जनाउनुपर्ने बाध्यता रहेको समेत बताउनु भयो ।

त्यस्तै सभापति देउवाले सरकार र कर्मचारीबीच एक आपसमा मिलेर मात्रै देश विकास गर्न सकिने भन्दै मन्त्रीले भनेपछि कर्मचारीले मान्नै पर्ने धारणा राख्नुभयो । पूर्वप्रधानमन्त्री समेत रहनुभएका देउवाले मन्त्रीहरू आउने जाने हुन् भनेर हेपेपछि आफूले प्रहरी अधिकृतलाई हटाइदिएको समेत सुनाउनुभयो ।

प्रतिक्रिया