संक्रमणकालीन न्यायसँग सम्बन्धित कानुनलाई तत्काल सदनबाट पारित गरौं : कोइराला

admin

काठमाडौं, २१ भदौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संक्रमणकालीन न्यायसंग सम्बन्धीत कानूनलाई लागू हुने गरि सदनबाट पारित गर्नुपर्ने बताउनुभएको छ ।

बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै नेता कोइरालाले सवैको भावनालाई मध्यनजर गर्दै संक्रमणकालीन न्यायसंग सम्बन्धीत कानूनलाई अन्तिम रुप दिएर सदनबाट पारित गराउनुपर्ने बताउनुभएको हो ।

कानून बनाउदा कतिपय बिषयलाई नजरअन्दाज गर्दा अदालतमा पुग्ने र कानून लागू गर्न नसकिने अवस्था सिर्जना हुने भएकाले मानवअधिकारको मूल्यमान्यतालाई समेत ध्यानमा राखेर उक्त कानून अधि बढाउनुपर्नेमा उहाले जोड दिनुभयो ।

कोइरालाले सर्वोच्चको आदेश, अन्तराष्ट्रिय मूल्यमान्यता र पीडितलाई न्याय हुने गरि संक्रमणकालीन न्यायसंग सम्बन्धीत कानून बढाउनुपर्ने धारणा राख्नुभयो ।
त्यस्तै उहाले कांग्रेस नेता महेन्द्र यादवमाथिको आक्रमण समग्र लोकतन्त्रमाथिको आक्रमण भएको बताउनुभयो ।

प्रतिक्रिया