काठमाडौं, २४ भदौं : ललिता निवास प्रकरणमा काठमाडौं जिल्ला अदालतले पक्राउ परेका १७ प्रतिवादीलाई धरौटीमा छाड्ने आदेश गरेको छ।
न्यायधीश भोलानाथ ढकालको एकल इजलासले १७ जनासँग धरौटी माग्ने र एक जनालाई साधारण तारेखमा छाड्ने आदेश गरेको छ।
भाटभटेनी सुपर मार्केटका सन्चालक मीनबहादुर गुरुङसँग २ करोड ४६ लाख रुपैयाँ धरौटी मागिएको छ। तोकिएको धरौटी बुझाउन नसके उनीहरु थुनामा जानेछन्। धरौटी बुझाएपछि मात्र उनीहरु छुट्ने छन्।