वेस्टर्न युनियन मनी ट्रान्सफरको ‘दशैंमा १० गुणा’ योजना सार्वजनिक

admin

काठमाडौं, ७ असोज : रेमिटेन्स कम्पनी वेस्टर्न यूनियन मनी ट्रान्सफरले दशै तिहार र छठ पर्वका अवसरमा दशैमा दश गुणा अभियान सार्वजनिक गरेको छ ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै वेस्टर्न यूनियनले यस बर्षको पर्वको उत्सवमा ग्राहकहरुको खुसी दश गुणा गर्ने लक्ष्य सहित उक्त अभियान ल्याएको जनाएको हो ।

यस योजनामा सहभागी हुन ग्राहकहरुले नेपालका सवै ७७ वटै जिल्लामा रहेका वेस्टर्न यूनियन मनी ट्रान्सफर सेवाका १५ हजार बढी भुक्तानी काउन्टरहरुमध्ये कुनैबाट आफ्नो रेमिटेन्स प्राप्त गर्नुपर्ने कम्पनीले जनाएको छ ।

अभियान अवधिका प्रत्येक कारोवारहरु स्वत रुपमा साप्ताहिक र बम्पर ड्र मा समावेश हुनेछन् । उक्त योजना असोज ८ गतेदेखि सुरु भइ मंसिर १० गतेसम्म लागू हुने जनाइएको छ ।

उक्त योजना अन्तर्गत आठ हप्तासम्म ६४ भाग्यशाली ग्राहकले २५ हजारसम्मको कारोबारमा दुई गुणा र सोभन्दा बढीको कारोबारमा २५ हजार रुपैयाँ पाउने छन् ।

यसका साथै बम्परमा भाग्यशाली ग्राहकले एक लाखसम्मको कारोबारमा दश गुणा प्राप्त गर्नेछन् भने पचास हजारभन्दा कम कारोबारमा निश्चित पुरस्कार पाँच लाख रुपैयाँ प्राप्त गर्ने बताइएको छ । यदि विजेताको कारोबार एक लाखभन्दा बढी भएमा विजेताले निश्चित पुरस्कार रकम १० लाख रुपैयाँ प्राप्त कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया