काठमाडौं, ७ असोज : अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकमाथि राज्यव्यवस्था समितिमा छलफल छलफल सुरु भएको छ ।
सिंहदरबारमा आइतबार बसेको बैठकमा उक्त बिधेयकमाथि दफावार छलफल भएको हो । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले समितिमा दफावार छलफल भएपछि विधेयक समृद्ध बन्ने धारणा राख्नुभयो ।
सवै भ्रष्टाचारलाई नियन्त्रण गर्दै सुशासन कायम गर्न सवै एकमत रहेको उहाको भनाइ छ । उहाले भ्रष्टाचारविरुद्धको अभियान र शून्य सहनशिलता अपनाउन विधेयक महत्वपूर्ण हुने जिकिर गर्नुभयो ।
त्यस्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले २०७६ सालमा पेश ८० सालमा समेत पारित हुन नसकेको अवस्थामा अव गम्भीर भएर छलफल गरि टुङ्गोमा पुराउनुपर्ने बताउनुभयो ।
नेपालबाट भ्रष्टाचार उन्मूलन गर्नका लागि अब बन्ने कानून महत्वपूर्ण हुने उहाको भनाइ छ । राष्ट्रियसभाले उक्त विधेयकमा १२ वटा बुँदामा संशोधन गरेको थियो भने प्रतिनिधिसभामा भने २७ वटा संशोधन परेको छ ।