काठमाडौं, १६ असोज : बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । मंगलबार दिउँसो २ बजेर ४० मिनेट जाँदा बझाङको तलकोट केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
बझाङको तलकोट केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प केन्द्रका अनुसार भूकम्पको तीव्रता ५.३ म्याग्निच्युड मापन भएको छ ।
भूकम्पको धक्का सुदूरपश्चिम प्रदेशका तराईका जिल्लामा समेत महसुस भएको छ । कैलाली जिल्ला संवाददाताका अनुसार धनगढीसम्म भूकम्पको धक्का महसुस भएको छ ।