नेपालगञ्जमा सद्भाव कायम गर्न धवलशमशेर जबराको अपिल

admin

काठमाडौं, १६ असोज : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलसमशेर जवराले नेपालगञ्जमा सामाजिक सद्भाव कायम अपिल गर्नुभएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकको सुरुमै जवराले बाँकेको नेपालगञ्जमा कर्फ्यू लगाउनुपर्ने अवस्था आएको भन्दै त्यस्ता घटना नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण समेत गराउनुभयो ।

उहाले नेपालगञ्जमा दुई समुदायबीच हिंसा फैलाउन कुराको जड मोवाइल भएको भन्दै यसमा राज्य गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । उहाले हिंसा फैलाउन खोज्नेमाथि कारवाही गर्न माग गर्नुभयो ।

उहाले नेपालगञ्जलाई सद्भावको सहर बनाउन लागिपरेकाले शान्तिसुरक्षा र सदभाव कायम राख्न संयम भएर लाग्न अनुरोध गर्नुभयो ।

प्रतिक्रिया