काठमाडौं, २४ असोज : सरकारले इजरायलमा रहेका नेपालीहरूलाई लिन परराष्ट्रमन्त्री एनपी साउदको टोलीसहितको बिमान त्यसतर्फ पठाउने निर्णय गरेको छ ।
बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल आउन चाहने नेपालीहरुलाई लिन नेपाल एयरलाइन्समा परराष्ट्रमन्त्रीलाई पठाउने निर्णय गरेको हो । नेपालीलाई लिन नेपाली बिमान त्यसतर्फ बुधबार राती जाने कानूनमन्त्री धनराज गुरुङले जानकारी दिनुभयो ।
नेपाल आउन चाहने मध्ये सवै भन्दा बढि विद्यार्थीहरुलाई प्राथमिकतामा राखिएको उहाले बताउनुभयो ।
बैठकले इजरायलमा रहेका नेपाली नागरिकले व्यवसायिक उडानमार्फत नेपाल आउन चाहे त्यसको भाडा नेपाल सरकारले व्यहोर्ने निर्णय पनि गरेको मन्त्री गुरुङले बताउनुभयो । इजरायलबाट नेपाल आउन चाहनेको विवरण सरकारले अनलाइन माध्यमबाट संकलन गरेको छ ।