काठमाडौं, २७ असोज : नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य महेश बस्नेतले अराजकहरुको कारण मुलुकमा लोकतान्त्रिक हकअधिकार कार्यान्वयन गर्ने कुरा चूनौति बनेको बताउनुभएको छ ।
रिपोटर्स क्लव नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बस्नेतले मुलुकमा अराजकवादीहरुले मुलुकको परिवर्तनमाथि नै हमला गर्ने काम गरेको भन्दै लोकतान्त्रिक हकअधिकार कार्यान्वयन गर्ने कुरा चूनौति बनेको बताउनुभएको हो ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठको कार्यशैलीको पनि आलोचना गर्दै बस्नेतले देशमा शान्ति, सुरक्षा निकै कमजोर भएको जिकिर गर्नुभयो । नेता बस्नेतले झापाको युवा संघको कार्यक्रम पूर्वनिर्धारित कार्यक्रम भएको भएको भन्दैै गलत ढंगले नबुझ्न अनुरोध गर्नुभयो ।
दुर्गा प्रसाईको गतिविधिको कडा विरोध गर्दै उहाले आफूहरुले शान्तिपूर्ण ढंगले कार्यक्रम गर्दा कसैले थ्रेट दिन्छ भने त्यसमा चूप लागेर नवस्ने जिकिर गर्नुभयो ।
झापामा आफूहरुको कार्यक्रम विथोल्नको लागि पहिचानवादी र दुर्गा प्रसाईका समथर्कहरु मिलेर आएको उहाले दावी गर्नुभयो ।
उहाले संविधान र कानूनविरोधीहरुलाई राज्यको तर्फबाट कानूनी दायरामा ल्याउन सरकारलाई भन्ने र सरकारले ती अराजकहरुलाई कानूनी दायरामा नल्याए प्रतिकारमा उत्रिन बाध्य हुने चेतावनी दिनुभयो ।