काठमाडौं, २७ असोज : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बसेर संगठनलाई मान्दीन भन्न नपाउने बताउनुभएको छ ।
शुक्रबार ललितपुरमा पार्टीको स्कुल विभागले पार्टी बिभागले आयोजना गरेको कार्यक्रममा ओलीले पार्टीमा बसेर महासचिव, उपमहासचिव मान्दिन भन्नु संगठन बिपरित भएको भन्दै अनुशासनहीन र अराजकताले पार्टी अगाडी बढ्न नसक्ने बताउनुभयो ।
पार्टीको अनुशासन नमान्ने व्यक्ति पार्टीको कार्यकर्ता हुन नसक्ने उहाको भनाइ छ । ओलीले पार्टी सञ्चालन गर्न जनवादी केन्द्रीयता आवश्यकता रहको धारणा राख्नुभयो ।
उहाले पार्टीको संरचना स्वीकार गर्न नसकिए विधि र नितिहरुको पालना हुन नसक्ने जिकिर गर्नुभयो । उहाले पार्टीबाट प्रशिक्षित भएका व्यक्ति चेतनाको दियो भएर उभिन सक्नुपर्ने बताउनुभयो ।