काठमाडौं, असोज ३०: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नयाँ पुस्ताका नयाँ चाहना र चूनौतिलाई सामना गर्न पार्टी गठन भएको बताउनुभएको छ ।
मंगलबार काठमाडौंमा पार्टीले आयोजना गरेको दुईदिने नीति मन्थन कार्यक्रमको समापन समारोहमा बोल्दै लामिछानेले पुराना दलहरुबाट युवापुस्ताहरुले गरेको आशा भरोसा कायम गर्न नसक्ने देखिएकाले नयाँ पुस्ताका नयाँ चाहना र चूनौतिलाई सामना गर्न पार्टी गठन भएको बताउनुभएको हो ।
उहाले ढिलो दर्ता भएका आधारमा पार्टीलाई नयाँ भनेको नभई युगले खोजेको नयाँ पार्टी भएकाले नयाँ पार्टी भनेको जिकिर गर्नुभयो ।
गत निर्वाचनमा जनताहरुले परिवर्तनको चाहना राख्दा पनि पुराना दलहरुप्रतिको विश्वासलाई निमिट्यान्न नपारेको अवस्था रास्वपालाई अवगत रहेको भन्दै उहाले जनताको चेतनालाई चूनौति दिन हैसियत नभएको धारणा राख्नुभयो । जनताको चेतनालाई चूनौति नदिन उहाले अन्य दललाई पनि अनुरोध गर्नुभयो ।
लामिछानले सामाजिक, आर्थिक लगाएतका आयामहरु एकै ठाउ नआएसम्म समृद्ध समाज निर्माण हुन नसक्ने धारणा राख्नुभयो । रास्वपा समावेशी उदार लोकतान्त्रीक पार्टी भएकाले आफ्नो नीति र सिद्धान्तमा स्पष्ट रहेको उहाको भनाइ छ ।