ललितपुरको ग्वार्को फ्लाइओभर निर्माणको कार्यप्रति संसदीय समितिकाे असन्तुष्टि

admin

काठमाडौं, कात्तिक १३ : ललितपुरको ग्वार्को फ्लाइओभर निर्माणको कार्यप्रति संसदीय समितिले असन्तुष्टि जनाएको छ ।

ठेक्का सम्झौता भएको लामो समयहुँदा पनि निर्माण कार्यले गति लिन नसकेको भन्दै प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले असन्तुष्टि व्यक्त गरेको हो ।

सोमबार ग्वार्को फ्लाइओभर निर्माणको स्थलगत अवलोकन गर्दै समितिले कामको गति ढिला भएको समेत जनाएको छ ।

समिति सभापति दिपक बहादुर सिंहले फ्लाइओभर निर्माण कार्य हेर्दा समयमा नै सम्पन्न हुने नदेखिएको बताउनुभयो । उहाले समयमा नै आयोजना सम्पन्न गर्न सिफ्ट बढाएर काम गर्नुपर्ने जिकिर गर्नुभयो ।

सभापति सिंहले कोटेश्वर–सातदोबाटो–कलंकी सडक खण्ड भई ओहोरदोहोर गर्ने यात्रुले दैनिक सास्ती बेहार्नुपरेको र घण्टौं ट्राफिक जाम हुँदा समयमै गन्तव्यमा पुग्न समस्या देखिएकाले सरकार र सम्बन्धी ठेकेदारसंग छलफल गरेर आवश्यक निर्देशन दिने बताउनुभयो ।

ललितपुरको बालकुमारीतर्फ ३२० मिटर र सातदोवाटोतर्फ १८५ मिटरको र्याम्प सहित ग्वार्को फ्लाइओभर निर्माण भइरहेको छ ।

त्यस्तै समितिले सोमबार नै कलंकी बसुन्धरा सडक विस्तार आयोजनाको पनि स्थलगत निरिक्षण गरेको छ ।

प्रतिक्रिया