सहमतिका साथ शान्ति प्रक्रिया टुङ्ग्याउनुपर्छः केपी ओली

admin

काठमाडौं, कात्तिक १५ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्ति प्रक्रियालाई सहमतिको साथ टुङ्ग्याउनुपर्ने बताउनुभएको छ ।

बुधबार पार्टीले आयोजना गरेको चियापान कार्यक्रमपछि सञ्चारकर्मीसंग कुरा गर्दै ओलीले पीडितलाई केन्द्रमा राखेर शान्ति प्रक्रियालाई सहमतिको साथ टुङ्ग्याउनुपर्ने बताउनुभएको हो ।

सर्वोच्च अदालतको आदेशलाई मानेर, मानवअधिकार काउन्सिलका कुराहरुलाई पनि ध्यान दिएर शान्ति प्रक्रियालाई निष्कर्षमा पुराउनुपर्ने उहाको भनाइ छ । उहाले चाडपर्वका अवसरमा सवैमा शुभकामना व्यक्त गर्नुभयो ।

प्रतिक्रिया