संक्रमणकालीन न्यायका सम्बन्धमा दलहरूबीच समझदारी बनेको छ : प्रधानमन्त्री प्रचण्ड

admin

काठमाडौं, कात्तिक १५ : प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड संक्रमणकालीन न्यायका सम्बन्धमा दलहरुबीच समझदारी बनेको बताउनुभएको छ ।

बुधबार एमालेको चियापान कार्यक्रममा सहभागी भएपछि सञ्चारकर्मीसंग संक्षिप्त कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेर बहादुर देउवासंग भएको छलफलमा संक्रमणकालीन न्यायका सम्बन्धमा समझदारी बनेको भन्दै शान्तिप्रक्रियाको बाँकी काम छिटै टुङ्गिने बताउनुभएको हो ।

पिडितहरुलाई न्याय, सर्वोच्च अदालतको व्याख्या र अन्तराष्ट्रिय मूल्यमान्यतालाई आत्मसाथ गर्दै शान्तिप्रक्रियालाई निष्कर्षमा पुराउने जिकिर गर्नुभयो ।

उहाले दलहरुलाई सदैव एक ठाँउमा ल्याउन आफुले सदैव पहल गरेको र बुधबार बिहान भएको छलफल सकारात्मक भएको धारणा राख्नुभयो ।प्रचण्डले चियापान कार्यक्रमले दलहरुलाई एकठाँउ उभिन र समझदारी कायम गर्न मद्धत गरेको बताउनुभयो ।

 

प्रतिक्रिया