काठमाडौं, कात्तिक १६ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिलेको व्यवस्था दलहरुको व्यवहारका कारण खतरामा रहको बताउनुभएको छ ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै लामिछानेले ठूला दलहरुले संविधान, व्यवस्था र प्रणाली जोगाउन भन्दा पनि आफ्ना मान्छेहरु जोगाउन खोज्दा अहिलेको व्यवस्था खतरामा परेको बताउनुभएको हो ।
उहाले दलहरुले सदन समेत स्वार्थका आधारमा चलाउन खोजेको आरोप लगाउनुभयो । सरकार बनाउन हिजो दुश्मन भनिएका दलहरु बिनासर्त एकठाउमा उभिएको देखिएको भन्दै लामिछानेले शान्ति प्रक्रियामा बिषयमा भने एक ठाउ उभिन नसकेको जिकिर गर्नुभयो ।
उहाले शान्ति प्रक्रियालाई दलहरुको नियतले रोकेको भन्दै पिडितको पक्षमा रहेका शान्तिप्रक्रियालाई निष्कर्षमा पुराउन रास्वपाले सहयोग गर्ने बताउनुभयो ।
उहाले सदनमा मन्त्री देखि प्रधानमन्त्रीलाई प्रश्न सोध्दा जवाफ आउन नसकेको अवस्थामा जनताको आवाज सुन्न सक्ने अवस्था नै नदेखिएको तर्क गर्नुभयो ।
सदनको दोश्रो अधिवेशनमा ६ करोड १० लाख खर्च हुदा एउटा भन्दा बढि कानून पास गर्न नसकेको उहाले बताउनुभयो ।
लामिछानले ठूला भनेका दलको सिण्डिकेट संसद्मा संकल्प प्रस्ताव कार्यसूचीमै चढ्न नसकेको गुनासो गर्नुभयो । सदनलाई आरोप प्रत्यारोपको थलो मात्रै बनाइएको उहाले बताउनुभयो ।