काठमाडौं, कात्तिक १६ : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की चाडै नै कोशी प्रदेशमा सहमतिको सरकार विस्तार गर्ने बताउनुभएको छ ।
मुख्यमन्त्री कार्र्कीले आफुलाई सरकार बनाउन सहयोग गरेकाहरुको एजेण्डा अनुसार नै प्रदेश सरकार विस्तार गरिने समेत बताउनुभयो । उहाले आफु सहमतिको सरकार बनाउन लागिपरेको कारण प्रदेश सरकार विस्तारमा ढिलाई भईरहेको जानकारी दिनुभयो ।
मुख्यमन्त्री कार्कीले आफुलाई मुख्यमन्त्री बनाउन जस्ले समर्थन गरेको हो उसको गुण नविर्सिने जिकिर गर्नुभयो । उहाले पहिलेको सरकारले पटक पटक सहमतिय सरकारको प्रयास गरेको र त्यसलाई आफुले सफल बनाउने धारणा राख्नुभयो ।
यता मुख्यमन्त्री कार्कीलाई समर्थन गरेर सरकारमा गएको एमालेले भने सरकार गठनमा मुख्यमन्त्रीले ढिलाई गरेको आरोप लगाएको छ । नेकपा एमालेका नेता एवं कोशी प्रदेशका पुर्व आन्तरिक मामिला तथा कानुन मन्त्री लिलावल्लव अधिकारीले एमाललेलाई वाहिर राखेर निर्णय गर्ने कुरा मान्य नहुने बताउनुभयो । उहाले समर्थन गरेको दलको सल्लाह अनुसार सरकार गठन गर्नु पर्ने बताउनुभयो ।
मुख्यमन्त्री केदार कार्की नेपाली कांग्रेसका ७ जना विद्रोही प्रदेश सांसद र नेकपा एमालेका ३९ जना सांसदहरुको र्समर्थनमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार कोशी प्रदेशको मुख्यमन्त्री बन्नुभएको थियो । कार्की मुख्यमन्त्री भएको १९ दिन सम्म पनि मन्त्रीमण्डलले पुर्णता पाउन सकेको छैन ।