काठमाडौं, कात्तिक १६ : राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय उपाध्यक्ष रविन्द्र मिश्रले देश किराना पसल जस्ता भएको बताउनु भएको छ ।
पार्टी प्रशिक्षणका लागी उदयपुर आउनु भएका उपाध्यक्ष मिश्रले पार्टी कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बर्तमान सरकारको काम विहान उठ्ने, पसल खोल्ने दिनभर व्यापार गर्ने बेलुका बन्द गरी घरमा गएर सुत्नेभन्दा वाहेक केहि काम हुन सकेको भन्दै यसरी सरकार नचल्ने बताउनु भयो ।
उहाले जनताका जनजीविकाका सवाल जस्ताको त्यस्तै रहेको, संस्थागत भ्रष्टचार मौलाएको तर यस बिषयमा सरकार मौन रहेको जिकिर गर्नु भयो ।
उपाध्यक्ष मिश्रले वालुवाटार जग्गा, सुनकाण्ड लगायतका लगायतका थुप्रै प्रकरणहरुमा सरकारले नाङ्लो ठोकेर हात्ति तर्साउने प्रयास मात्र भएको दावी गर्नु भयो ।
नेता मिश्रले देश सामाजिक रूपमा, आर्थिक रूपमा र राजनीतिक रूपमा भड्खालोतिर गइराखेकोले देशलाई माया गर्ने सम्पुर्ण नेपालीले गम्भिर भएर सोच्नु पर्ने आवश्यकता रहेको बताउनु भयो ।
उपाध्यक्ष मिश्रले देश भित्रका ५० प्रतिशत सटर बन्द रहेको, खराब कर्जाको अवस्था झन भयावह रहेको भन्दै जुन आर्थिक रुपमा राम्रो कुरा नभएको दावि गर्नु भयो ।