काठमाडौं, कात्तिक १८ : विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ले भूकम्पपीडितको उद्धार, उपचार र राहतका कार्यलाई तीव्रता दिन आग्रह गरेको छ ।
शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेकपाले व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गर्दै भूकम्पपीडितको उद्धार, उपचार र राहतका कार्यलाई तीव्रता दिन आग्रह गरेको हो । त्यस्तै नेकपाले छिटो भन्दा छिटो राहत प्याकेज घोषणा गर्न सरकारसंग माग गरेको छ ।
पत्रकार सम्मेलनमा नेकपा महासचिव विप्लवले भूकम्पपछि सरकारले गरेको राहतका कामहरु सन्तोषजनक भएपनि यसलाई तीव्रता दिनुपर्ने र संस्थागत रुपमा नै राज्यले छिटो भन्दा छिटो राहत प्याकेज घोषणा गर्नुपर्ने बताउनुभयो ।
उहाले भूकम्पपछि उद्धार र राहतमा जुट्न पार्टीसम्बद्ध मोर्चाहरुलाई निर्देशन दिएको जानकारी दिनुभयो । त्यस्तै पार्टी कोषबाट राज्यको राहत कोषमा १ लाख जम्मा गर्ने, पार्टीको खाद्य भण्डारबाट १ सय प्याक चामल उपलव्ध गराउने विप्लवले जानकारी दिनुभयो ।
त्यस्तै भूकम्प पिडितका लागि देशको राजधानी लगाएत सवै जिल्लामा राजतका लागि लत्ता कपडा टेन्ट औषधी रकम संकलन गर्ने उहाले जानकारी दिनुभयो ।
त्यस्तै नेकपाले पार्टीले राहत कोषका लागि आधिकारीक खाता खोलेर सिधै जम्मा हुने व्यवस्था मिलाउने, बिभिन्न अस्पतालमा उपचारमा रहेका घाइतेहरुका लागि आवश्यक सेवा गर्न सहायता डेक्स राख्ने व्यवस्था गर्ने जनाएको छ ।