परराष्ट्रमन्त्री साउद स्वदेश फिर्ता

admin

काठमाडौं, कात्तिक १९ : अमेरिकाको औपचारिक भ्रमण सम्पन्न गरेर परराष्ट्रमन्त्री एनपी साउद स्वदेश फर्कनुभएको छ ।

अमेरिकी समकक्षी एन्टोनी जे. ब्लिंकेनको निमन्त्रणामा मन्त्री साउद वासिङटन जानुभएको थियो । उहा आइतबार साँझ स्वदेश फर्कनुभएको हो ।

अमेरिकामा रहदा उहाले अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) की प्रशासक सामन्था पावर, मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रमुख कार्यकारी अधिकृत एलिस पी अल्ब्राइट र अमेरिकी सरकारका अन्य उच्चस्तरीय अधिकारीहरूसँग भेटवार्ता गर्नुभएको थियो ।

अमेरिका भ्रमणका क्रममा परराष्ट्रमन्त्री साउदले अमेरिकी समकक्षी एन्टोनी जे. ब्लिंकेनसँग वासिङटन डीसीमा भेटवार्ता गर्नुभयो ।

भेटवार्ताका क्रममा अमेरिकी समकक्षीलाई नेपाल भ्रमणको निम्तो दिएको, मुलुकको आर्थिक बिकासका लागि छलफल भएको जानकारी दिनुभयो । त्यस्तै एमसीसी कार्यान्वयनमा दुवै टोलीले जोड दिएको उहाले बताउनुभयो ।

साउद नेतृत्वको प्रतिनिधिमण्डलमा अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री, परराष्ट्र मन्त्रालय र वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासका वरिष्ठ अधिकारीहरुका साथै नेपालस्थित एफएनसीसीआई र अमेरिकन चेम्बर अफ कमर्सका अध्यक्ष रहेका थिए ।

 

 

प्रतिक्रिया