अर्थतन्त्रको गतिलाई वृद्धि गर्ने आधारहरु सिर्जना भएका छन् : अर्थमन्त्री

admin

काठमाडौं, कात्तिक २१ : अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रको गतिलाई वृद्धि गर्ने आधारहरु सिर्जना भएको बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा त्रिविवि शिक्षण अस्पतालको मङ्गलादेबी बर्थिङ सेन्टरको उद्घाटन गर्दै मन्त्री महतले अहिले रेमिटेन्स वृद्धि भएको र पर्यटन व्यवसायमा उत्साह छाएको भन्दै अर्थतन्त्रको गतिलाई वृद्धि गर्ने आधारहरु सिर्जना भएको बताउनुभएको हो ।

अर्थतन्त्रका नकारात्मक बिषयमा सामाजिक सञ्जालमा पोस्ट भएको सामाग्रीले पनि आम मानिसमा आत्मविश्वास कम भएको उहाले बताउनुभयो । उहाले अहिलेको अवस्थामा निराश हुनुपर्ने अवस्था नरहेको र आत्मविश्वास जगाउनुपर्ने आवश्यकता रहेको जिकिर गर्नुभयो । मन्त्री महतले विश्व बैंक, एडिबीसँग जलवायु परिवर्तनको सन्दर्भमा न्यून ब्याजमा ऋण र अनुदानका विषयमा छलफल भएको भएको जानकारी दिनुभयो ।

त्यस्तै उहाले नेपालको विकासमा भारतीय सहयोग महत्वपूर्ण रहेको बताउनुभयो । नेपाल–भारत सहयोगअन्तर्गत स्मल ग्रान्ट परियोजनाअन्तर्गत २० वर्षदेखि लगातार भारत सरकारले नेपालको महत्वपूर्ण क्षेत्रमा सहयोग गर्दै आएको उहाले बताउनुभयो ।

प्रतिक्रिया