संघमा पनि सहमतिको सरकार आवश्यक छ : शेखर कोइराला

admin

काठमाडौं, मंसिर २ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशी प्रदेशमा जस्तै संघिय सरकारमा पनि सहमतिको सरकार आवश्यक रहेको बताउनु भएको छ ।

शनिवार विराटनगरमा आयोजित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले मुलुकको अवस्था र व्यवस्था सुधार्न सबै राजनैतिक दलहरु मिलेर अघि बढ्नुको विकल्प नभएको बताउनु भयो ।

उहाँले लोकतन्त्रमा विरोधको स्वरलाई दबाउन नहुने जिकिर गर्दै विरोधमा उठेका आवाजहरुलाई सम्बोधन गर्दै समस्यालाई पहिचान गरेर समाधान गर्नुपर्ने बताउनु भयो । डा. शेखर कोइरालाले संविधानमा उल्लेख भएका अधिकारहरु प्रदेशलाई नदिइएका कारण संघियता बद्नाम हुदै गएको धारणा व्यक्त गर्नुभयो ।

उहाँले कर्मचारी समायोजन ऐन र प्रहरी समायोजन ऐन छिट्टै ल्याएर प्रदेशलाई अधिकार सम्पन्न बनाउनु पर्ने बताउनु भयो । उहाँले राजनीतिक दलका नेताहरुको एकात्मक सोचका कारण संघियता बद्नाम भईरहेको बताउनु भयो ।

प्रतिक्रिया