काठमाडौं, मंसिर ३ : राष्ट्रपति रामचन्द्र पौडेलले छठीमाताको पूजाअर्चना गर्नुभएको छ ।
छठपर्वको उपलक्ष्यमा अवसरमा आइतबार साँझ उहाँले कमलपोखरीको छठ पूजास्थलमा छठीमाताको पूजा गर्नुभएको हो ।
त्यस्तै राष्ट्रपति पौडेलले गुह्येश्वरीमा निर्मित पूजास्थलमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिँदै छठीमाताको पूजाअर्चना गर्नुभयो । छठ पूजाका लागि पोखरी ध्वजापताकाले सिङ्गारिनुका साथै झिलीमिली बत्ती जडान गरिएको छ ।
महानगरपालिका प्रमुख बालेन्द्र साह र उपप्रमुख सुनिता डङ्गोल पनि छठीमाताको पूजाअर्चनाका लागि कमलपोखरी पुग्नुभएको थियो । सोमबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ ।