कानूनको अभावमा जनताको मौलिक हक अधिकार पूर्ण रुपमा स्थापित हुन सकेन : देउवा

admin

काठमाडौं, मंसिर ५ : नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले कानूनको अभावमा जनताको मौलिक हक अधिकार पूर्ण रुपमा स्थापीत हुन नसकेको बताउनुभएको छ ।

नेपाल ड्रेमोक्रटिक लयर्स एशोसिएशन(डिएलए नेपाल)को ३४ औं स्थापना दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा सभापति देउवाले संविधानमा नागरिकको हक अधिकारको कुरा राखिएपनि कानूनको अभावमा उक्त हक अधिकार पूर्ण रुपमा स्थापीत हुन नसकेको बताउनुभएको हो ।

उहाले संविधानमा उल्लेख नागरिकको हक अधिकार स्थापीत गर्नका लागि आवश्यक कानून बनाउन सवै गम्भीर हुनुपर्ने धारणा राख्नुभयो । देउवाले अहिलेको व्यवस्थामाथि केहिले प्रश्न गर्न थालेको भन्दै सवै मिलेर यसको उचित जवाफ दिनुपर्ने जिकिर गर्नुभयो ।

संविधानको रक्षा र परिवर्तनका साथै व्यवस्थामाथिको भ्रम चिर्न वकिलहरुले पनि आफ्नो ठाँउबाट भूमिका खेल्नुपर्ने उहाले बताउनुभयो ।

सभापति देउवाले समयमा नै फैसला नहुने सर्वोच्चको अवस्थालाई अन्त्य गरि छिटो छरितो फैसला हुने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाले सुशासन र विधिको शासन स्थापीत गर्न स्वच्छ निष्पक्ष न्यायापालिका आवश्यक हुने बताउनुभयो । कार्यक्रममा डिएलए नेपाल आवद्ध वकिलहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया