काभ्रेमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

admin

काभ्रे : काभ्रेमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

आज बिहान ६:१० बजे भकुन्डेबेसीबाट काठमाडौं आउँदै गरेको प्र १-०१-००१ च ८५९२ नम्बरको योद्धा गाडीको ठक्करबाट धुलिखेल नगरपालिका-११ पात्लेखेतका ५० वर्षीय यमुना प्रसाद धितालको मृत्यु भएको हो।

काभ्रेका प्रहरी प्रवक्ता डिएसपी राजकुमार श्रेष्ठका अनुसार पात्लेखेतस्थित सडकमा हिँडिरहेका उनलाई गाडीले ठक्कर दिएको थियो।

गाडीको ठक्करबाट गम्भीर घाइते अवस्थामा धिताललाई उपचारका लागि धुलिखेल अस्पताल पुर्‍याउँदा बिहान ६:५५ बजे डाक्टरले मृत घोषणा गरेको हो।

डिएसपी श्रेष्ठले गाडी र चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए।

प्रतिक्रिया