‘नागरिक सरकार’ गठन गर्छौँ : दुर्गा प्रसाईं

admin

काठमाडौं, मंसिर १७ : राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले नागरिक सरकार गठन गर्ने घोषणा गर्नुभएको छ ।

आइतबार भक्तपुरमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले मंसिर ३० गतेभित्र नागरिक सरकार गठन गरी गाँउगाँउ वडादेखि आफुहरुको अभियानलाई शसक्त बनाउने निर्णय गरिएको जानकारी दिनुभयो ।

उहाले वैदिक सनातन सापेक्ष मुलुक बनाई राजसंस्थाको मुद्दालाई थप स्थापित गराउन मेचीमा बालेको दियो फागुन १ गते काठमाडौँको वसन्तपुरमा ज्ञानेन्द्र शाहकै हातबाट बालेर वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र सहित परिवर्तनको घोषणा गर्ने जिकिर गर्नुभयो ।

महाभियानको दवावमूलक कार्यक्रम आफुहरुको माग पुरा गर्नका लागि सरकारको ध्यानाकर्षण गराउनका लागि भएको उहाले बताउनुभयो । उहाले आफुहरुको यसअघिको आन्दोलन निकै सफल भएको भन्दै अबको आन्दोलन विकेन्द्रित हुने जानकारी दिनुभयो ।

उहाले बैंक तथा लघुवित्त र बीमा कम्पनी राष्ट्रियकरण गर्ने, निक्षेपको जिम्मा सरकारले लिनुपर्ने , अति विपन्न गरिबको ऋण मिनाहा गर्नुपर्ने, धितो फिर्ता गर्नुपर्ने, प्रदेश संरचना खारेज गर्नुपर्ने लगाएतका मागहरु रहेको बताउनुभयो ।

प्रतिक्रिया