शासकीय सुधारका लागि आयोग गठन हुन्छ : प्रधानमन्त्री प्रचण्ड

admin

काठमाडौं, मंसिर २० : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शासकीय सुधार आयोग गठन गर्ने तयारी भइरहेको बताउनुभएको छ ।

बुधबार ललितपुरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आयोजना गरेको नेपालको अर्थतन्त्र र शासकीय सुधारको बिषयक अन्तक्र्रिया कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले शासकिय प्रणाली सुधार गर्नेबारे छलफल थालेको र शासकीय सुधार आयोग गठन गरेर आवश्यक समिक्षा गरिने बताउनुभएको हो ।

यसपटक सरकारको नेतृत्व गर्दै जाँदा प्रशासनको सुधारमा ध्यान केन्द्रीत रहेको र अहिलेसम्मका आउदा बिविध कारणले खासै प्रगति नदेखिएको उहाले बताउनुभयो ।

उहाले अव प्रशासनमात्रै नभएर समग्र शासकीय सुधारमा नै सरकारको ध्यान रहेको धारणा राख्नुभयो । प्रधानमन्त्री प्रचण्डले जनताले प्रत्यक्ष रुपमा सेवा प्राप्तको अनुभव नगर्न नसके जनताको भरोषा टुट्दै जाने भएकाले तत्काल जनतामा सेवा प्रवाह गर्न जरुरी रहेको उल्लेख गर्नुभयो ।

त्यस्तैै प्रधानमन्त्री प्रचण्डले छिटै नीति कार्यक्रमको तर्जुमा र नयाँ बजेटको तयारी गर्नुपर्ने भन्दै अर्थतन्त्रको सुधारहरुका उपायहरु अवलम्वन गर्दै अघि बढिने जिकिर गर्नुभयो ।.

उहाले सरकारले बिभिन्न क्षेत्रको सुधारका लागि धेरै प्रयास गरेको तर परिणाम जनता सन्तुष्ट हुने ठाँउसम्म पुग्न नसकेको बताउनुभयो । अर्थतन्त्रको समस्या पनि पूर्ण रुपमा समधान नभएपनि सुधारउन्मुख नै रहेको उहाले बताउनुभयो ।

प्रतिक्रिया