मुलुक केही नेताहरुको बन्धकमा परेका कारण संकटमा पर्दै गयो : गगन थापा

admin

काठमाडौं, १४ माघ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुक केही नेताहरुको बन्धकमा परेका कारण संकटमा पर्दै गएको बताउनुभएको छ ।

संवाद यात्राका क्रममा आइतबार विराटनगरको गुँरास पुस्तकालयमा आयोजित कार्यक्रममा महामन्त्री थापाले अहिलेको समस्या भनेको सिमित मानिसको मुलुक कब्जामा रहेको आरोप लगाउनुभयो ।

उहाले पार्टी र्निर्वाचन र संचालन पद्धति नमिलेका कारण पनि देश केही नेताहरुको सिण्डिकेट बन्न पुगेको जिकिर गर्नुभयो । उहाले पालैपालो सत्ता संचालन गर्ने प्रक्रियाका कारण मुलुकमा थप समस्याहरु सृजना भएको धारणा राख्नुभयो ।

महामन्त्री गगन थापाले मुलुकको अर्थतन्त्र सुधारका लागि नेपाली कांग्रेसले चाडै नै सुवर्र्णशम्शेर आर्थिक सम्मेलन गर्न लागेको जानकारी दिनुभयो । उहाँले मुलुकको समस्या समाधानको जिम्मा नेपाली कांग्रेसले नै लिनुपर्ने अवस्था आएको बताउदै अहिलेको यथास्थितिलाई जारी राख्न नहुने जिकिर गर्नुभयो ।

प्रतिक्रिया