संगठित रूपमा घेराबन्दीमा पार्ने षडयन्त्र भइरहेको छ : रवि लामिछाने

admin

काठमाडौं, १६ माघ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संगठित रुपमा आफुलाई घेराबन्दीमा पार्ने षडयन्त्र भएको बताउनुभएको छ ।

मंगलबार रास्वपाले काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा लामिछानेले राज्य र बिभिन्न शक्तिहरुले सहकारीको बिषयलाई लिएर आफुलाई घेराबन्दीमा पार्ने षडयन्त्र गरेको बताउनुभएको हो । उहाले आफुले जनताका अगाडी शिर निहुरिने कुनै काम नगरेकाले घेराबन्दीमा पार्ने षडयन्त्र सफल नहुने उल्ल्ेख गर्नुभयो ।

उपप्रधान एवं गृहमन्त्रीले चाहेको भएर सहकारी पिडितको समस्या समाधान भइसक्ने भएपनि आफ्नो पछाडीमात्रै लाग्ने काम भएको तर्क गर्नुभयो । उहाले मुलुकलाई अघि बढाउन राम्रो नेतृत्व र राम्रा नीति चाहिने भएकाले नीति निर्माणमा हस्तक्षेप गर्ने उदेश्यका साथ पार्टी अघि बढेको धारणा राख्नुभयो । उहाले आफु र पार्टीलाई जनताले गर्ने प्रश्नले सुधारको बाटो देखाउने बताउनुभयो ।

त्यस्तै लामिछानेले देश बनाउने मुद्दामा दलहरुका नेताहरुबीच मतभेद भएपनि स्वार्थका बिषयमा भने शीर्ष भनिएका दलहरु एक हुने गरेको पनि बताउनुभयो ।

प्रतिक्रिया