एमालेले गरेको विकासका कामलाई रोक्न गठबन्धन बनेको ओलीको आरोप

admin

काठमाडौं, १७ पुस : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले गरेको बिकासका कामलाई रोक्न गठबन्धन बनेको बताउनुभएको छ ।

बुधबार सिन्धुपाल्चोकको थाङ्पालधाममा पाँचपोखरी थाङ्पाल गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्दै ओलीले एमाले सरकारले मुलुकको बिकासका धेरै काम गरेकाले त्यसलाई रोक्न गठबन्धन बनेको बताउनुभएको हो । गठबन्धन सरकार बन्ने बित्तिकै विकास सबै योजना काटिएको उहाले बताउनुभयो ।

ओलीले अहिलेको सरकारले मुलुकको बिकासमा ध्यान दिन नसकेको आरोप समेत लगाउनुभयो । ओलीले अहिले नेपाल माथि गठबन्धन नामको ग्रहण लागेको बताउनुभयो ।

देश बनाउने एउटा एमालेलाई छेक्न अहिले आठ/दशवटा गठबन्धन मिलेर ग्रहणको काम गरिरहेका ओलीको भनाइ छ ।

उहाले अब एमाले त्यो ग्रहणबाट बाहिर निस्कने र देश विकासको काममा लाग्ने बताउनुभयो । ओलीले देशभक्त पार्टी नेकपा एमाले जनताको साथमा रहेको उहाँले प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया