काठमाडौंमा तास खेलिरहेका आठ जना पक्राउ

admin

काठमाडौं, २‍० माघ : काठमाडौंमा तास खेलिरहेका आठ जना पक्राउ परेका छन्। शुक्रबार दिउँसो प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

नागार्जुन नगरपालिका–३ स्थित सेभेन क्रस पोइन्ट खाजाघरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ। पक्राउ पर्नेमा नागार्जुन–३, सिंगल ट्रीका २६ वर्षीय रविन पुतुवारसहित आठजना छन्।

नगद एक लाख ३६ हजार ३० रुपैयाँ र एक बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया