जनताको बहुदलीय जनवादलाई त्याग्न सकिँदैन : माधव नेपाल

admin

काठमाडौ, २१ माघ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले जनताको बहुदलीय जनवादको औचित्य समाप्त भइनसकेको बताउनुभएको छ ।

आइतबार काठमाडौंमा डा बेदुराम भुसालद्वारा लिखित पुस्तक लोकार्पण गर्दै अध्यक्ष नेपालले नबुझ्नेहरुले जनताको बहुदलीय जनवादको विरोध गर्ने गरेको भन्दै अहिले पनि जबजको औचित्य उतिकै रहेको बताउनुभएको हो ।

नेपाली कम्युनिष्ट आन्दोलनको परिवेशमा जवजको सान्र्दभिकता र आवश्यकता रहेको उहाले बताउनुभयो ।

उहाले नेपालको परिवेशमा बहुदलीय प्रतिष्पर्धाको माध्यमबाट नै अरु पार्टीलाई पराजित गर्दै नेपाली समाजको रुपान्तरण गर्न सक्ने धारणा राख्नुभयो ।

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष समेत रहनुभएका भुसालको जनताको बहुदलीय जनवादको ऐतिहासिक विकास क्रम नामक पुस्तक शिखा बुक्सले प्रकाशन गरेको हो ।

प्रतिक्रिया