प्रहरीलाई प्रदेशको अधीनमा राख्ने कुरा उचित छैन : ओली

admin

काठमाडौं, २२ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रहरीलाई प्रदेशको अधिनमा राख्ने कुरा उचित नभएको बताउनुभएको छ ।

सोमबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रदेशमा प्रहरी मात्रै नभएर संघीयता कार्यान्वयन गर्न कुनै समस्या नभएको भन्दै प्रहरीलाई प्रदेशको अधिनमा राख्ने कुरा उचित नभएको बताउनुभएको हो ।

नेताहरुले प्रहरी मेरै अधिनमा हुनुपर्छ भन्नु गलत रहेको र यसले बिकृति सिर्जना गर्ने उहाको भनाइ छ । ओलीले प्रहरी नेता र मन्त्रीको अधिनमा भन्दा पनि स्वतन्त्र रहनुपर्ने धारणा राख्नुभयो ।

उहाले संघीयताको कार्यान्वयनमा ध्यान नदिदा अहिले प्रश्न उठिरहेको बताउनुभयो । त्यस्तै उहाले संक्रमणकालीन न्यायसंगसम्बन्धीत बिषयलाई सहमतिबाटै अघि बढाउन छलफल भइरहेको उल्लेख गर्नुभयो । अन्तराष्ट्रिय मूल्यमान्यता र सर्वोच्च अदालतको आदेशका साथै पिडितलाई न्याय हुने गरि शान्ति प्रक्रियालाई टुङ्गोमा पुराउनुपर्ने उहाले बताउनुभयो ।

प्रतिक्रिया