गठबन्धन नगरे केहि दलहरुको अस्तीत्व समाप्त हुन्छ :केपी ओली

admin

काठमाडौं, ७ फागुन : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन नगरे केहि दलहरुको अस्तीत्व समाप्त हुने बताउनुभएको छ ।

सोमबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले अहिले केहि दलहरुलाई अस्तीत्व जोगाउन मुस्किल परेको भन्दै उनीहरुले गठबन्धनको साहारा लिइरहेको बताउनुभएको हो । एमालेको लडाई भने अस्वीत्वका लागि नभई समृद्धि नेपाल सुखी नेपाली बनाउन लडिरहेको उहाले बताउनुभयो ।

ओलीले कांग्रेस हेर्दाहेदै बुढो भएको र आफ्नो सहारामा एक्लै उभिन नसक्ने अवस्थामा पुगेको तर्क गर्नुभयो । नेकपा फुटेकोमा आफुलाई अपजस लगाउने गरेको भन्दै उहाले तत्कालिन अवस्थामा प्रचण्डले निर्वाचन आयुक्तसंग मिलेर सरकार बनाउन नदिने षडयन्त्र गरेको जिकिर गर्नुभयो । ओलीले आफ्नो प्रयासमा पार्टी एकता गरेको र जोगाउने भरपुर कोशीस गरेपनि बाह्य खेलका कारण नेकपा फुटेको बताउनुभयो ।

आफुलाई बामपन्थी एकता विरोधी भन्ने भाष्य सिर्जना गर्न गर्न खोजिएको भन्दै उहाले आफु अहिले पनि एकतामा विश्वास गर्ने उल्लेख गर्नुभयो । यद्दपी एकताका लागि नाजायज माग स्वीकार्य नहुने उहाको भनाइ छ ।

कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का स्याङ्जा जिल्ला अध्यक्ष रामचन्द्र भट्टराईसहितका नेता–कार्यकर्तालाई अध्यक्ष ओलीले एमाले प्रवेश गराउनुभएको थियो ।

प्रतिक्रिया