राजनीतिक स्थिरता र आर्थिक विकासका लागि कांग्रेस र एमाले एक ठाउँमा उभिनुको विकल्प छैन : शेखर कोइराला

admin

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले राजनैतिक स्थिरता र आर्थिक विकासका लागि कांग्रेस र एमाले एक ठाँउमा उभिनुको विकल्प नभएको बताउनु भएको छ ।

बिहीबार विराटनगरमा संचारकर्मीहरु संग कुरा गर्दै वरिष्ठ नेता डा. कोइरालाले संविधान ल्याउनका लागि कांग्रेस र एमाले एक ठाँउमा उभिए जस्तै मुलुकमा राजनैतिक स्थिरता र अर्थतन्त्र सुधारका लागि पुनः कांग्रेस र एमाले मिलेर अघि बढ्नुपर्ने र यसका लागि प्रयास जारी रहेको बताउनु भयो ।

वर्तमान निर्वाचन प्रणालीले मुलुकको राजनैतिक स्थिरता नआउने भएकाले निर्वाचन प्रणालीमा सुधारका लागि संविधान संसोधन आवश्यक रहको उहाको भनाइ छ । फरक प्रसंगमा वरिष्ठ नेता डा. शेखर कोइरालाले मुलुकमा पटक पटक सरकार परिवर्तनले जनतामा निराशा फैलिएको बताउनु भयो । उहाँले संघिय सरकार मात्र नभइ प्रदेश सरकार पनि पटक पटक परिवर्तन गर्न नहुने जिकिर गर्नुभयो ।

कोइरालाले कोशी प्रदेशको वर्तमान सरकार अझै अल्पमतमा नपरेको र विश्वासको मत लिनु नपर्ने संवैधानिक व्यवस्था भएपनि विश्वासको मत लिनु राम्रो हुने बताउनुभयो ।

प्रतिक्रिया