जहाज दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय आयाेग गठन, राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय

admin

काठमाडौं । सरकारले सौर्य एयरलाइन्सको बिमान दुर्घटनाको छानविन गर्न जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मीक बैठकले रतिशचन्द्र लाल सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । आयोगलाई ४५ दिनको म्याद दिइएको उहाले बताउनुभयो ।

आगामी दिन यस्ता दुर्घटना हुन नदिन आवश्यक सुझाव समितिको प्रतिवेदन दिन आयोग गठन गरिएको उहाको भनाइ छ । त्यस्तै आगामी दिनमा हवाइ दुर्घटना हुन नदिन आन्तरिक तर्फका सवै बायुसेवा कम्पनीहरुले जहाजको अनिवार्य परिक्षण गर्ने र नागरिक उड्ययन प्राधिकरणले सघन अनुगमन गर्नुपर्ने निर्णय गरेको छ ।

बैठकले बिमान दुर्घटनाप्रति स्तव्ध भएको भन्दै मृतकप्रति श्रद्धान्जली व्यक्त गर्दै शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ भने बिमान चालकको सिघ्र स्वास्थ्यलाभको कामना गरेको प्रवक्ता गुरुङले जानकारी दिनुभयो । वैठकले जहाज दुर्घटनाको शोकमा बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि गरेको उहाले बताउनुभयो । बुधबार विहान काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया