मानव बेचबिखन रोकथामका लागि सरकार गम्भीर भएर काम गरिरहेको छ :मन्त्री सुडी

admin

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मानव बेचबिखन रोकथामका लागि सरकार गम्भीर भएर काम गरिरहेको बताउनुभएको छ ।

सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै मन्त्री सुडीले ऐन कानूनलाई बलियो बनाएर मानव बेचबिखन रोकथाम गर्नका लागि सरकारले काम गरिरहेको बताउनुभएको हो ।

उहाले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन संशोधनका लागि मन्त्रिपरिषद्मा मस्यौदा लैजाने तयारी भइरहेको बताउनुभयो ।

उहाले हाल उक्त संशोधन विधेयक आवश्यक रायका लागि अर्थमन्त्रालयमा पठाइएको जानकारी दिनुभयो ।

मन्त्री सुडीले लैगिंक हिसां नियन्त्रण, सामाजिक बिकास कार्यक्रम, अपाङ् बिकास कार्यक्रम, बाल बिकास लगाएतका कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाइने धारणा राख्नुभयो । उहाले बाल सङ्गठनको विधानको सम्बन्धमा छलफल भइरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया