काठमाडौँ । ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनले कसैको दवाव वा प्रभावमा नपरि काम गर्न नगर प्रहरीलाई निर्देशन दिनुभएको छ ।
बिहीबार ललितपुरमा महानगरद्वारा प्रकाशित तस्वीरमा–नगर प्रहरी नामक पुस्तकको बिमोचन गर्दै महर्जनले नागरिकको सेवामा केन्द्रीत भइ कसैको दवाव वा प्रभावमा नपरि काम गर्न नगर प्रहरीलाई निर्देशन दिनुभएको हो ।
नगर प्रहरीले नागरिकमैत्री भएर सकारात्मक काम गरिरहेको भन्दै उहाले महानगरबाट भएका निर्णय विवादरहित तवरले कार्यान्वयन गर्न सफल भएको समेत बताउनुभयो ।
महार्जनले महानगरभित्रका मूर्त तथा अमूर्त सम्पदा संरक्षणमा शून्य सहनशीलताको नीतिअनुसार काम गरिरहेको जिकिर गर्नुभयो । उहाले आफ्नो क्षेत्रभित्र रहेका सम्पूर्ण सम्पदालाई सम्मान र व्यवस्थापन गर्दै सुधारका लागि अघि बढेको धारणा राख्नुभयो ।
पुस्तकमा नगर प्रहरीले कार्यसम्पादनको सिलसिलामा गरेका सुधार कामहरुलाई समेटिएको तस्वीर समावेश गरिएको छ ।