तस्विरमा हेर्नुहोस् आज साउनको अन्तिम सोमबारको पशुपति कोटिहोम

admin

काठमाडौँ । आज साउन महिनाको अन्तिम सोमबार पशुपतिनाथ मन्दिर परिसरमा आयोजना गरिएको वनकालीमा बृहत् कोटीहोम महायज्ञमा भक्तजनको घुइचो लागेको छ ।

मानव सेवा फाउण्डेशनलगायत झण्डै एक दर्जन संस्थाहरुको आयोजनामा पशुपति कोटीहोम नेपाल माहात्म्य तथा १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ २०८१ आयोजना गरिएको हो ।

 

महायज्ञ सम्पन्न हुन लाग्दा भक्तजनको घुइचो लागेको हो । सोमबार महायज्ञमा काभा महिला भलिबल नेसन्स लिगको उपबिजेता राष्ट्रिय महिला भलिवल टोलीका खेलाडीहरुका साथै भलिवल संघका पदाधिकारीहरु पनि सहभागी भएका थिए ।

महायज्ञ अवधिभर जगद्गुरु, साधु, सन्त, महन्तका साथै ख्यातिप्राप्त कथा वाचकबाट आशीर्वचन तथा कथा प्रवचन भइरहेको छ । महायज्ञमा वाचन दीनबन्धु पोखरेल, राधिका दासी, श्रीराम कथावाचक चन्द्रकला सखी र श्रीमद्भागवतकी लोकप्रिय युवा कथावाचिका देवी प्रतिभालगायतले कथावाचन गरिसक्नुभएको छ भने भारतका लोकप्रिय कथावाचक अनिरुद्धाचार्य महाराज पनि सहभागी हुनुभएको थियो ।

विराट ज्ञानमहायज्ञमा एक सय आठ पण्डितबाट विभिन्न पुराणको पाठ पारायण, वैदिक मन्त्रसहित अनवरत रूपमा नियमित हवन, कन्या पूजन, हजारौँको तुलादान, ज्येष्ठ नागरिकको सम्मान पनि भइरहेको आयोजकले जनाएको छ । ज्येष्ठ नागरिक आश्रम, भक्तपुरको भवन निर्माणसँगै राष्ट्र शान्ति, विश्व कल्याण एवं गौरक्षार्थ कोटीहोम महायज्ञ आयोजना गरिएको बताइएको छ ।
हेर्नुहोस् तस्बिरहरु ।

तस्विर : मच्छे नारायण श्रेष्ठ/ पिएनपि खबर डट कम

प्रतिक्रिया