सहकारी छानविन विशेष समितिद्वारा सहकारी सञ्चालक कैदीबन्दीसँग छलफल

admin

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले हिनामिना प्रकरणमा जोडिएका सहकारी सञ्चालकसंग सोमबार पनि बयान लिएको छ ।

सिंहदरबारमा सोमबार बसेको समिति बैठकले सुमेरु बचत तथा ऋण सहकारी संस्थामा आवद्द राजबहादुर सिंहसँग बयान लिएको हो ।

समितिको कार्यादेशमा रहेको समस्याग्रस्त र सार्वजनिकरुपमा प्रश्न उठेका सहकारी संस्थामध्ये उक्त सहकारी अनुसूची दुईको आठाँै नम्वरमा रहेको छ । सो क्रममा समितिले बचतकर्ताको रकम हिनामिनाबारे प्रश्न गरेको थियो । जवाफमा सिंहले बचतकर्ताको रकम फिर्ता गर्ने बताउनुभएको थियो ।

सहकारी हिनामिना प्रकरणमा जोडिएका अन्यसंग पनि छलफल गरेर निष्कर्षमा पुग्ने समितिको तयारी छ । छलफलका साथै समितिले प्रतिवेदन मस्यौदाको कामलाई पनि अघि बढाएको समिति संयोजक सूर्य थापाले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया