प्रतिनिधिसभाको अधिवेशन आह्वान नगरे विशेष अधिवेशनको माग गर्छौँ : प्रचण्ड

admin

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले समयमा नै प्रतिनिधिसभाको अधिवेशन आह्वान नगरे बिशेष अधिवेशनको माग गर्ने बताउनुभएको छ ।

राष्ट्रिय कर्मचारी महासङ्घको १८ औं स्थापना दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले सरकारले तत्काल प्रतिनिधिसभाको अधिवेशन आह्वान नगर्ने सूचना आफुले पाएको भन्दै समयमा नै अधिवेशन आह्वान नभए विशेष अधिवेशनको माग गर्ने बताउनुभएको हो ।

उहाले जरुरी परे संसदको विशेष अधिवेशनबाट संघर्षको घोषणा गर्ने र सडकमा लाखौ जनतासंग मिलेर प्रतिक्रियाबादीबिरुद्ध लड्ने बताउनुभयो । सुशासनलाई उच्च प्राथमिकता दिएर भ्रष्टाचारमा संलग्न जोकोहिलाई कारवाही गर्ने प्रक्रियाको थालनी गरेकै कारण आफु नेतृत्वको सरकारलाई हटाइएको उहाले बताउनुभयो ।

प्रचण्डले अहिले सरकारमा रहेका दलका नेताहरुको हातमा राजनीति नरहेको र उनीहरुको राजनीति विचौलिया र दलालहरूको हातमा छ भन्ने प्रष्टै देखिएको आरोप लगाउनुभयो । बिचौलियाहरुले घुमाएर अहिलको सरकारमा रहेका नेताहरुलाई रातारात उठबस गराएको उहाले बताउनुभयो ।

उहाले बिचौलियाहरुले संख्याको ताकत देखाएको भन्दै आफुहरुले जनताको ताकत देखाउने उल्लेख गर्नुभयो । प्रचण्डले माओवादीको सकारात्मक पहल र ज्ञानेन्द्र शाहको नकारात्मक क्रियाकलापले मुलुकमा गणतन्त्र सम्भव भएको धारणा राख्नुभयो ।त्यस्तै उहाले अहिलेको शासकीय स्वरुप र निर्वाचन प्रणाली देशका लागि हितकर नभएकाले परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो ।

 

प्रतिक्रिया