काठमाडौं । गृहमन्त्री रमेश लेखकले मुलुकको आर्थिक विकासका लागि सरकारले अध्यादेश मार्फत केहि कानुन संशोसन गरेको बताउनुभएको छ ।
शनिबार काठमाडौंमा नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २५ औँ वार्षिक साधारण सभालाई सम्बाधन गर्दै मन्त्री लेखकले सरकारको ध्यान मुलुकको आर्थिक बिकास र समृद्धितर्फ रहेको भन्दै यसलाई सहज बनाउन सरकारले अध्यादेश मार्फत केहि कानुन संशोसन गरेको बताउनुभएको हो ।
उहाले शासकिय सुधारसंग सम्बन्धीत कानुनहरु,उद्योग व्यवसाय सहज सञ्चालन हुने कानुनहरु र शुसासनलाई प्रत्याभुत गर्ने कानुनहरु अघि बढाइएको जिकिर गर्नुभयो । सरकारले बढि मुल्य परे पनि स्वदेशी उत्पादन प्रयोग गर्ने निति लिएको बताउदै मुलुकमा उद्योगको विकासका लागि सरकार प्रतिबद्ध रहेको उहाले बताउनुभयो ।
उहाँले मुलुकमा लगानीको वातावरण बनाउन गैरआवासिय नेपालीका निमित्त्महत्वपूर्ण निर्णय गरेको समेत बताउनुभयो । आईटिको क्षेत्रमा विदेशमा समेत सेवा निर्यात गर्न सक्ने व्यवस्था गरेको भन्दै उहाले विदेशमा सेवा गरेर उद्योगलाई प्रोत्साहित हुने गरि कानुन निमार्णमा सरकार लागेको धारणा राख्नुभयो ।
कानुन बन्ने तर कार्यान्वयन नहुने समस्यालाई सरकारले सचेतता पूर्वक निर्णय गरेको उहाँले बताउनुभयो । त्यस्तै उहाँले सरकारले निजि क्षेत्रसंग सरकार्य गर्न सधै तयार रहेको बताउदै ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभयो ।