काठमाडौं । नेकपा एमालेका पूर्व नेता भीम रावलले एमालेले पार्टीबाट निकाल्दैमा आफ्नो भ्रष्टाचार, अन्याय र अत्याचार बिरुद्धको लडाई कमजोर नहुने बताउनुभएको छ ।
राष्ट्रिय एकता दिवसका अवसरमा राप्रपा नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको चियापन कार्यक्रममा सञ्चारकर्मीसंग कुरा गर्दै रावलले तानाशाही ढंगले एमाले नेतृत्वले आफुलाई निष्काशन गरेको भन्दै एमालेले निकाल्दैमा आफ्नो भ्रष्टाचार, अन्याय अत्याचारबिरुद्ध र देशभक्तिको झण्डा माथि उठाउने उत्साहमा कमी नहुने बताउनुभएको हो ।
रावलले एमाले नेतृत्वको स्वच्छाचारी, राष्ट्रिय हित बिपरितका कार्य, मनपरी र भ्रष्टाचारपूर्ण क्रियाकलापबिरुद्ध लड्दा पाच्य नभएको जिकिर गर्नुभयो । उहाले आफुलाई बद्नाम गर्न राजावादी भएको प्रचार गरिएको समेत उल्लेख गर्नुभयो ।
देशभक्तसंग हातेमालो गर्दै अघि बढ्ने र मातृभूमि जागरण अभियानलाई शसक्त बनाउने जिकिर गर्र्दै उहाले देशको आवश्यकता भए बैकल्पीक शक्ति निर्माण गर्न सवैसंग हातेमालो गर्दै अघि बढ्ने बताउनुभयो ।