काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले राजनीतिक अस्थीरताको दोष निर्वाचन प्रणालीलाई दिने प्रवृति उचित नभएको बताउनुभएको छ ।
संसदीय मामिला पत्रकार समाजले काभ्रेको धुलिखेलमा आयोजना गरेको निर्वाचन प्रणाली सुधार विषयक अन्तरक्रिया कार्यक्रममा थपलियाले दलहरुले दुई तिहाई बहुमत ल्याउदाँ पनि ३ वर्ष सरकार नटिकेको भन्दै निर्वाचन प्रणालीका कारण राजनीतिक अस्थीरता भयो भन्ने प्रवृति उचित नभएको बताउनुभएको हो ।
अहिलेको संविधान र कानूनले कुनै पनि राजनीतिक दललाई ५० प्रतिशत बहुमत ल्याउनबाट नरोकेको उहाले बताउनुभयो । सरकार अस्थीर भएका कारणले प्रणाली फेनुपर्छ भन्ने तर्क उचित नभएपनि निर्वाचन प्रणालीलाई प्रभावकारी बनाउन आवश्यकता अनुसार संशोधन गर्नुपर्नेमा उहाले जोड दिनुभयो ।
उहाले समावेशी–समानुपातिक प्रतिनिधित्वलाई कानूनले कमजोर बनाएको नभइ दलहरुले उम्मेदवार चयन गर्दा नै ध्यान दिन नसकेकाले गुनासो आउने गरेको धारणा राख्नुभयो । त्यस्तै थपलियाले स्थानीय तहको निर्वाचनमा प्रमुख र उपप्रमुख तथा वडा अध्यक्ष र सदस्यको मतपत्र छुट्टाछुट्टै हुनुपर्नेमा जोड दिनुभयो ।