काठमाडौं । चालू आर्थिक बर्षको ६ महिनामा आर्थिक सूचकहरुमा सकारात्मक संकेत देखिएका छन् ।
आइतबार अर्थमन्त्रालयले पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको तथ्याङ्कमा अघिल्लो बर्षको सोहि अवधिको तुलनामा राजस्व, निर्यातलगाएतमा बृद्धि भएको हो । मन्त्रालयका अनुसार ६ महिनामा राजस्व संकलन १२ दशमलव ६ प्रतिशत पुगेको छ । अघिल्लो सोहि अवधिमा राजस्व संकलन ८ दशमलव २ प्रतिशत रहेको थियो । त्यस्तै निर्यात ३१.८ प्रतिशतले वृद्धि भएको छ ।
गत अघिल्लो आर्थिक बर्षको सोही अवधिमा निर्यात ७ दशमव २ प्रशितले घटेको थियो । मन्त्रालयका अनुसार चालु खर्चका लागि विनियोजित ७ खर्ब ३१ अर्ब ७९ करोडमध्ये पुस मसान्तसम्म २ खर्ब ६६ अर्ब ८५ करोड खर्च भएको छ ।
त्यस्तै चालू आर्थिक बर्षको पहिलो ६ महिनामा वित्तीय समानीकरण अनुदानतर्फ ६८ अर्ब २६ करोड, ससर्त अनुदान १ खर्ब १२ अर्ब २५ करोड, समपूरक अनुदान २ अर्ब ४३ करोड, विशेष अनुदान २ अर्ब ५१ करोड गरी कुल १ खर्ब ८५ अर्ब ४४ करोड हस्तान्तरण गरिएको मन्त्रालयले जनाएको छ । पत्रकार सम्मेलनमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकारको पहलका कारण अर्थतन्त्रका सूचकहरू नकारात्मक सूचकहरु सकारात्मक हुँदै गएको बताउनुभयो ।
अर्थतन्त्रका सूचकहरू समेत सकारात्मक देखिएको भन्दै उहाले तथ्यांकमा चलखेल नगर्ने स्पष्ट पार्नुभयो । नीति तथा कार्यक्रम, बजेट निर्माण तथा बजेट कार्यान्वयनमा फरक फरक मन्त्री भएका कारण क्यालेण्डरमा केहि समस्या देखिएको उहाले बताउनुभयो । अर्थमन्त्री पौडेलले मुलकको अर्थतन्त्री र बैंकिङ् प्रणालीलाई असफल हुन नदिने दावी गर्नुभयो ।
उहाले मुलुकको आर्थिक तथा व्यवसायीक वातावरण सुधार गर्नुका साथै लगानी अभिबृद्धिमा सहयोग पुराउनका साथै सरकारी लगानीको प्रभावकारी व्यवस्थापन गर्न आर्थिक बिषयसंग सम्बन्धीत अध्यादेश ल्याइएको धारणा राख्नुभयो ।