धोबीखोलामा कार खस्यो

admin

काठमाडौं । काठमाडौँको धोबीखोलामा कार खसेको छ।

बा २१ च ६६१४ नम्बरको कार अनियन्त्रित भएर आइतबार साँझ खोलामा खसेको हो।

उक्त कार काठमाडौँ महानगरपालिका वडा नम्बर १० र २९ जोड्ने मदन भण्डारी कलेजसँगै रहेको पुलबाट खसेको काठमाडौँ महानगर प्रहरी बलले जनाएको छ। महानगर प्रहरी बलको टोली उद्धारका लागि खटिएको छ। दुर्घटनामा कुनै मानवीय क्षति नभएको जनाइएको छ।

प्रतिक्रिया