सुर्खेतमा बेवारिसे शव फेला, अनुसन्धान गर्दै प्रहरी

admin
  • खगेन्द्र हमाल 

सुर्खेत, २५ कात्तिक : जिल्ला प्रहरी कार्यालय सुर्खेतले बराहताल गाउँपालिकाको भेरी नदीमा बेवारिसे शव फेला पारेको छ । भेरी नदीमा शव बगिरहेको जानकारी स्थानीयले दिएपछि प्रहरी टोली खटिएर शवलाई नदीबाट बाहिर निकालिएको प्रहरीले जनाएको छ । बराहताल गापा–२ कुसमस्थित भेरी नदीको किनारामा १ जना पुरुष व्यक्तिको शव बगिरहेको भनि स्थानीयले प्रहरी चौकी रानीघाटमा जानकारी गराएका थिए । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवि रावलले भने, ‘सोही सूचनाका आधारमा तत्काल प्रहरी टोली खटी गई स्थानीय र प्रहरीको संयुक्त टोलीले बगिरहेको शवलाई बाहिर निकाली शवलाई हेर्दा नाम, थर, वतन नखुलेको वर्ष ३५–३६ को पहाडी मुलुकको जस्तो देखिने पुरुष व्यक्ति रहेको र थप अनुसन्धानको लागि तालुक ईप्रका बाबियाचौरबाट प्रनि ज्ञानबहादुर खत्रीको कमाण्डमा टोली खटाएर थप अनुसन्धान भइरहेको छ ।’

खगेन्द्र हमाल

प्रतिक्रिया