अर्किड स्कुलको आयोजनामा आउँदो माघ २९ गते देखि अर्किड कप शुरु हुँदै

रिता घिसिंग

काठमाडौँ : काठमाडौको गोठाटारमा अवस्थित अर्किड प्युपिल स्कुलले विगत ४ बर्षदेखी फुटबल खेललाई विशेष महत्त्व दिदै वर्षे पिच्छे अर्किड कपको आयोजना गर्दै आइरहेको छ।

यही आउँदो माघ २९ गतेदेखि खेल शुरु हुदैछ। उक्त आयोजना खेलमा करिब तीन दर्जन टिमले सहभागिता जनाउने कुरा आयोजक अर्किडका अध्यक्ष प्रेम कुमार भुजेलले बताउनुभयो।

उहाँका अनुसार उक्त खेलमा बिजेताले ट्रफी सहित नगद २० हजार ,उपबिजेताले १५ हजार ,तेस्रो हुनेले १० हजार र सान्त्वना टिमले ५ हजार प्राप्त गर्नेछन।

प्रतिक्रिया