काठमाडौंमै बिबाहीत महिला बलात्कृत,न्याय माग्दा घरबार गुम्यो (भिडियो सहित)

admin

बिहेको वर्ष दिन मात्रै पूरा भएको थियो। श्रीमान्, सासूससुरा सपरिवारमा निकै खुसी थियो। तर मंसिर २ गते साँझ एक्कासि भएको घटनाले उनको जीवन अन्धकार भयो। उनको दाहिने आँखा र दाहिने कानले काम गर्दैन। कानको छेउका सत्रवटा हड्डी भाँचिएका छन्। दाहिने हात पनि चल्दैन। उपचार जारी छ। गोदामचौर १ की २१ वर्षीया बलात्कृत युवतीले उपचारमा लागेको ऋण तिर्न तीन आनामा बनेको घर बेचिसकिन्।

यति मात्रैले नपुगेर उनको माइतमा पनि ऋण लागिसक्यो। उनी काम सकेर फर्कंदै थिइन्। घरबाट सासूको फोन आयो। घरछेउमै पुगिसकेकी उनलाई सासूले छोरासँगै आउन सुझाइन्। तर श्रीमान्लाई फोन गर्दा हात्तीवनमा भएको जानकारी पाएपछि उनी एक्लै हिँडिन्। बाटोमा उनलाई एक व्यक्तिले बाटो छेके। त्यसपछि अरू दुई चार जनाको नामै लिएर बोलाए।

ती व्यक्ति रघु सिलवाल भएको उनले बताइन्। सिलवालले युवतीलाई त्यहाँबाट तल खोलातिर खसालिदिए। उनी चिच्याइन्, तर कसैले सुनेनन्। उनको मुख थुनिएको थियो। उनलाई बलात्कार गरियो। ढुंगाले हात किचियो, अन्ततः मरेको ठानेर बेवारिसे बनाएर फालियो। श्रीमान् त्यही बाटो घर फर्किए, तर देखेनन्। घटना भएको पूरै रात उनलाई परिवारले रातभर खोज्यो। बिहान पाँच बजेमात्रै परिवारले खोलाछेउको तोरीबारीमा उनलाई बेहोस अवस्थामा भेटियो । पीडितकी आमाले बेलिविस्तार सुनाइन्।

न्यायमा साथ पाइनन्, गाउँ पनि छाड्नुपर्‍यो बलात्कारका तीनैजना अभियुक्तलाई अदालत लगियो, पीडित भन्छिन् ‘अझै ढुक्क छैन ’आफूमाथि जघन्य अपराध गर्ने ती युवकलाई प्रहरीले पक्रेको र कारबाही हुने सुनेपछि उनी खुसी भएकी छन्। तर त्यत्तिकै छाडिने हो कि भन्ने पीर पनि लागेको छ उनलाई। ‘ललितपुर जिल्ला अदालतले साधारण तारेखमा उनीहरूलाई रिहा गरिदिएपछि न्यायको आश मर्दै गएको छ।’ अदालतले डीएनए परीक्षणको रिपोर्ट आउनुभन्दा पहिल्यै अभियुक्तलाई रिहा गरेकोमा पीडितकी आमाले आपत्ति जनाइन्। घटना भएको ठाउँमा छोरीको सुरुवाल फालिएको, पर्सबाट पैसा झिकेको र रगत लागेको ढुंगा भेटिएको भए पनि प्रहरीले प्रमाण नष्ट गरेको उनले दाबी गरिन्।

‘एक वर्षसम्म अपराधी गाउँमै लुकेर बसेको सुनिन्थ्यो तर मुद्दाको फैसला हुने बेलामा मात्रै समाइयो, प्रहरीले किटानी जाहेरी नै उल्टो लेखेको छ’, आमाले गुनासो गरिन्। हाल उनको परिवार ऋणमा छ। सासूससुरा अर्काको घरमा बस्दै आएका छन्। उनी र उनका श्रीमान् माइतीको शरणमा छन्। उल्टै पीडक परिवारले धम्की दिइरहेको उनी बताउँछिन्। भन्छिन्, ‘लाखौं सकिदिएको भन्दै उल्टै पैसा असुल्ने धम्की दिइरहेका छन्।’ महानगरीय प्रहरी वृत्त, सातदोबाटोका डीएसपी गौतम मिश्रका अनुसार अभियुक्तहरू रघु सिलवाल, विशालध्वज कार्की र पवन कुँवरलाई अदालत पठाइएको छ। तीनै जनालाई जबरजस्ती करणी, ज्यान मार्ने उद्योग र जबर्जस्ती चोरी मुद्दा लगाइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू